काठमाडौं । सुशीला कार्की प्रधानमन्त्री हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई नियुक्ति गरेकी थिइन् ।

नयाँ सरकार गठन हुनुअघि आफ्नै प्रमुख स्वकीय सचिवलाई कोषमा नियुक्त गरेको भन्दै कार्की आलोचित समेत भएकी थिइन् । तर, उनीहरूको नियुक्ति पनि अब खारेज हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिम नियुक्त सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू पदमुक्त हुने व्यवस्था गरिएको छ । आदर्शकुमार श्रेष्ठको नियुक्ति पनि सोही दफा ५ बमोजिम भएको थियो । अब उनी पनि पदमुक्त हुने भएका छन् ।











