Logo
Logo

प्रेसको विश्वसनीयताले नै लोकतन्त्र बलियो बनाउँछ : सञ्चारमन्त्री विक्रम तिमिल्सिना


315
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: sanchar-matri.jpg

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्न यसको भूमिका निर्णायक हुने बताएका हुन् ।

सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यममा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समग्र समाजलाई जबाफदेही बनाउने प्रमुख संस्था रहेकाले यस क्षेत्रले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी बहन गर्नु आवश्यक रहेको तिमिल्सिनाको भनाइ छ । 

उनले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शितालाई दिगो बनाउन सक्ने बताए । साथै, प्रेस स्वतन्त्रतासँगै तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्वलाई समान रूपमा महत्त्व दिनुपर्ने उनको भनाइ छ ।

‘प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ । वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोगजस्ता चुनौतीप्रति सचेत रहनुपर्ने आवश्यकता छ । यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक छ’, शुभकामना सन्देशमा भनिएको छ । 

मन्त्री तिमिल्सिनाले समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक मार्गमा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहने उल्लेख गर्दै सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्