चितवन । पहिरोका कारण प्रभावित भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

वर्षाका कारण आज बिहान दुई ठाउँमा पहिरो जाँदा सवारी आवागमन प्रभावित भएको थियो । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा बिहान सडक अवरुद्ध भएको थियो ।
बिहान ५स्४५ बजे पहिरो खसेपछि तुइनखोलामा सडक एकतर्फी रूपमा मात्रै सञ्चालन भएको थियो । अहिले सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो । भरतपुरबाट डोजर मगाएर सडक दुईतर्फी खुलाइएको हो ।











