Logo
Logo

राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन् । उनले आज पुनर्विचारका लागि भन्दै अध्यादेश फिर्ता पठाएका हुन् ।

उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक जे कारण देखाएर फिर्ता गरेका थिए अहिले पनि त्यही कुरा उठाएर पुनर्विचारका लागि फिर्ता गरेको राष्ट्रपटि कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले संविधान अनुसार बहुमतले निर्णय गर्ने व्यवस्था कुनै पनि कानुनले खण्डित हुन नहुने अडान विगतमा लिँदै आएका थिए । अहिले पनि सरकारले अध्यादेश ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्न सक्ने प्रावधान राखेर पठाएपछि राष्ट्रपतिले फिर्ता पठाएका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा ६ जना हुन्छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । तर, अहिले भने प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ३ जनाबाटै निर्णय हुनसक्ने व्यहोराको अध्यादेश सिफारिस गरेपछि उनले पुनर्विचारका लागि पुनः फिर्ता पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्