Logo
Logo

डोजर चलाइएको अनामनगरको साततले घरका मालिक किन परे पक्राउ ?


0
Shares

काठमाडौँ । अनामनगरस्थित विनायकनगरमा रहेको साततले घरका मालिक ईन्द्र चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ। धोबीखोला किनारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको उनको घरमा आइतबार काठमाडौँ महानगरपालिकाले डोजर चलाएको थियो।

अतिक्रमित संरचना हटाउने क्रममा साततले घरका माथिल्ला चार तला भत्काइएका छन्। सोही क्रममा खानतलासी गर्दा उनको घरमा बन्दुक, प्रहरीको दर्ज्यानी चिह्न र बर्दी फेला परेपछि प्रहरी वृत्त नयाँ बानेश्वरले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीसँगको प्रारम्भिक सोधपुछमा चाम्लिङले ती सामग्रीहरू ‘सुटिङ’ प्रयोजनका लागि राखिएको बयान दिएका छन्। शक्तिकेन्द्रको आडमा सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै चर्चा भइरहेका बेला उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्