Logo
Logo

बालेनको भारत भ्रमणमा लिपुलेकबारे अडान र परिणामको प्रतीक्षामा छु : गोकुल बास्कोटा


252
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादका विषयमा सरकारले लिएको अडान सही रहेको बताएका छन् । भारतले विगतकै धारणा दोहोर्‍याएको र चीनले यसलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन् ।

The current image has no alternative text. The file name is: gokul-baskota.gif

‘लिपुलेक सीमा विवादमा सरकारले लिएको अडान ठीक छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतले पुरानै कुरा भन्यो र चीनले-यो हाम्रो समस्या होइन भन्ने होला ।’

बास्कोटाले कूटनीतिक मामिलामा ‘बोल्यो-बोलेन’ भन्ने खालको बहसलाई खासै अर्थपूर्ण नभएको उल्लेख गर्दै यस्ता विषयमा परिणाममुखी पहल आवश्यक हुने बताए । 

‘ग्रेटर नेपाल’ का समर्थक ठानिने प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका बेला नेपालको अडान कति प्रभावकारी रूपमा प्रस्तुत हुन्छ र के परिणाम आउँछ भन्ने प्रतीक्षामा आफू रहेको बास्कोटाको भनाइ रहेको छ ।

उनले भने, ‘कूटनीतिमा बोल्यो, बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन । बरु ग्रेटर नेपालकै समर्थक ठानिने प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र परिणामको प्रतिक्षामा छु म चै ।;

प्रतिक्रिया दिनुहोस्