Logo
Logo

यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट प्रक्रिया


504
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको पक्रिया सार्वजनिक गरेको छ । रास्वपाले उम्मेदवार छनोटको प्रक्रियादेखि मापदण्डसम्मका विषय उल्लेख छन् ।

आकांक्षीले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्ने र आवेदकलाई निश्चित शीर्षकका अंकभार अनुसार अङ्क दिने व्यवस्था गरिएको छ । सबैभन्दा धेरै अङ्क पाउने व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था रास्वपाले गरेको छ ।

उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाइने छ ।

उम्मेदवार छनोट गर्दा उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्याङ्कनको महत्त्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्