Logo
Logo

ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै


630
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ । क्यानले ओमानसँगको खेल अगाडि साबिकको मूल्यमा ५० प्रतिशत कटौती गर्दै टिकट दर २०० रुपैयाँ कायम गरेको हो ।

यसअघि मैदान प्रवेशका लागि प्रतिव्यक्ति ४०० रुपैयाँ टिकट शुल्क तोकिएको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक शृङ्खलामा ओमान र युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । यो शृङ्खलाको अन्तिम खेलका लागि दर्शकको उपस्थिति बढाउने उद्देश्यले क्यानले मूल्य घटाउने निर्णय लिएको हो ।

नेपाल र ओमानबीचको उक्त प्रतिस्पर्धा मङ्गलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदै छ । युएई खेलपछि नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाली दर्शक घट्दै गएको चिन्ता व्यक्त गरेका थिए । उनले विगतमा बाक्लो उपस्थितिले उत्साह थपिने गरेको भए पनि यो सिरिजमा त्यो नदेखिएको बताएका थिए । उनले सायद टिकटको समस्याका कारण दर्शक नआएको हुनसक्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्