
काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको बैठक अहिले बसिरहेको हो ।
आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले सङ्घमा १७ मन्त्रालय रहने प्रस्ताव तयार गरेको छ ।
साथै संसद् अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेर फेरि स्थगित गरेका थिए ।












