Logo
Logo

दिपक भट्ट र शेखर गोल्छाको रिटमा सुनुवाइ हुँदै


504
Shares

काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

शुक्रबार नै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाईका लागि पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ कारण जनाउँदै सुनुवाई स्थगित गरिएको थियो । शनिबार र आइतबार बिदा परेकाले उक्त रिटमाथि आज सुनुवाई हुने भएको हो ।

भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलास र गोल्छा पत्नी सिमाले दायर गरेको रिटमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी परेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका उनीहरुको थुना गैरकानुनी दावी गर्दै सर्वोच्चसमक्ष थुनामुक्तिको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्