Logo
Logo

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिलाई जारी गर्न फेरि सिफारिस


0
Shares

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए  । 

आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए ।  

संविधान र लोकतन्त्रको  मर्म र भावनाको रक्षा गर्न र बहुमतीय प्रणालीलाई जिवन्त राख्नका लागि राष्ट्रपतिले अध्यादेश पुनर्विचारका लागि पठाएको बताएका थिए । सरकारले पहिला जुन थियो त्यही अध्यादेश हुबहु सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्