
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ । सोमबार सिंहदरबारमा जारी बैठकमा सो पार्टी अनुपस्थित भएको हो ।
सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न बैठक राखेका थिए । तर हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले भने बैठक बहिस्कार गरेको हो ।
प्रतिनिधि सभामा रास्वपा सत्ता पक्षमा छ भने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षीको प्रतिनिधित्व गर्छन् ।












