
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डीपी अर्यालले आज राखेको बैठकमा आफ्नो पार्टीलाई नबोलाएको बताएका छन् ।
सभामुख अहिले सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकसँग छलफलमा छन् । तर, अध्यक्ष साम्पाङले भने सामाजिक सञ्जालमार्फत सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टीलाई जानकारी नै नदिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘सभामुखले बोलाएको बैठकमा श्रम संस्कृतिलाई जानकारी पठाइएन दिइएन । धेरै यो त्यो नभन्नु । मिडियाले सत्य तथ्य साभार गर्नु ।’
बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक र सचेतक सहभागी छन् । तर, श्रम संस्कृतिका उपस्थित छैनन् ।












