Logo
Logo

दुवाकोटको केएमसी अस्पतालले सुकुम्बासीलाई निःशुल्क उपचार गर्ने


315
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले सुकुम्बासी नागरिकलाई निःशुल्क उपचार गर्ने भएको छ ।

भक्तपुरको दुवाकोटमा रहेको केएमसी युनिट–२ ले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

काठमाडौं उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती खाली गराउने क्रममा त्यहाँ बसोवास गर्ने नागरिकहरूमा स्वास्थ्य समस्या बढ्दै गएको केएमसीले जनाएको छ ।

वर्षायाम शुरु भएसँगै यस्तो समस्या थप जटिल बन्दै गएकाले मानवीय संवेदनालाई मध्यनजर गर्दै केएमसीले निःशुल्क उपचार सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

अस्पतालकाअनुसार उपत्यकासहित देशका विभिन्न स्थानबाट प्रभावित भएका बिरामीहरूले उक्त अस्पतालमा पुगेर सेवा लिन सक्नेछन् । अस्पतालले बिरामीलाई सहज रूपमा अस्पतालसम्म पु¥याउन सहयोग गर्न नागरिक समाज तथा विभिन्न संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

कलेजका अनुसार औषधि तथा औषधिजन्य सामग्रीवाहेक अस्पतालमा उपलब्ध अन्य सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ ।

प्रतिक्रिया दिनुहोस्