Logo
Logo

सुकुम्वासी बस्ती खाली गर्न कोहलपुर नगरको अल्टिमेटम, रास्वपाको विरोध


1k
Shares

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सुकुमबासी बस्ती खाली गर्ने १० दिने अल्टिमेटमसहितको सूचना निकालेपछि रास्वपाले विरोध गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कोहलपुर नगर समितिले विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी हटाउने निर्णयप्रति आपत्ति जनाएको हो ।

बस्ती खाली गर्ने सूचनाले मानवीय संवेदनशीलता र नागरिकको आवास अधिकारमा प्रश्न उठाएको रास्वपाले जनाएको उल्लेख छ । नगर समितिले ३ बुँदे मागसहित नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाएको छ ।

वास्तविक सुकुमबासी पहिचान गरी सुरक्षित आवासको व्यवस्था गरेपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्ने भन्दै रास्वपाले ध्यानाकर्षण गराएको छ । सुकुमबासीको वैज्ञानिक पहिचान, वैकल्पिक आवासको सुनिश्चितता तथा पर्याप्त समयसहित पुनर्विचार गर्न नगरपालिकासँग रास्वपाको माग छ ।

प्रतिक्रिया दिनुहोस्