Logo
Logo

संविधान संशोधन कार्यदलले विज्ञहरूसँग परामर्श गर्दै


441
Shares

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज (मङ्गलवार) पूर्व संवैधानिक निकायका प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग छलफल गर्ने भएको छ ।

असिम शाहको संयोजकत्वमा रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म परामर्श गर्न लागेको हो । 

कार्यदलका सदस्य-सचिव लिलाधर सुवेदीका अनुसार छलफलमा सहभागी विज्ञहरूबाट संविधान संशोधनसम्बन्धी सुझाव संकलन गरिनेछ ।

यसअघि वैशाख १० गते बसेको कार्यदल बैठकले पूर्व उच्च पदस्थ अधिकारीहरू र विषय विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उक्त छलफल आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्