Logo
Logo

सिके राउतले मधेस प्रदेशमा फेरे संसदीय दलको नेता


567
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ । पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले महेशप्रसाद यादवलाई हटाएर चन्दन कुमार सिंहलाई मधेस प्रदेशको संसदीय दलको नेता नियुक्त गरेका हुन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिले मंगलबार एक पत्र जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी चन्दन कुमारलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ ।

‘उपरोक्त सम्बन्धमा आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेताको रूपमा चन्दन कुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।

पार्टीले यस निर्णयको जानकारी मधेस प्रदेशसभा सचिवालय र जनमत पार्टी मधेस प्रदेश संसदीय दललाई समेत गराइसकेको छ । यसअघि मधेस प्रदेशमा जनमत पार्टीको संसदीय दलको नेताको रूपमा महेशप्रसाद यादव रहँदै आएका थिए । सोमबार नै जनमतले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । तर यसमा यादवले असहयोग गरेपछि नयाँ नेता चयन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्