Logo
Logo

आफ्ना सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिँदै रास्वपा


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको हो ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा वैशाख २६ र २७ गते प्रशिक्षण कार्यक्रम राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषयविज्ञसहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए । वरिष्ठ नेता बालेन शाह उपस्थित नभएकोमा आलोचना समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्