Logo
Logo

बजार जान्छु भन्दै हिँडेकी थिइन, शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो शव


1.6k
Shares

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ ।

गत वैशाख ११ गतेदेखि हराएकी तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया महिला सरिता तिवारीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बजार जान्छु भन्दै ११ वैशाखमा घरबाट निस्केकी तिवारीको शव भेटिएको जानकारी दिए ।

तिवारीसँग टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोलको सम्पर्क देखिएपछि प्रहरीले सोमबार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

नियन्त्रणमा लिएका डंगोलले नै शिवपुरीको जंगलमा हत्या गरेर फालेको बताएका थिए । त्यसपछि डंगोललाई लिएर प्रहरी जंगल पुग्दा सड्न थालेको अवस्थामा तिवारीको शव भेटिएको हो ।

हत्या गरेर गाडेको अवस्थामा शव भेटिएको एसपी भट्टराईले जानकारी दिए । अहिले उक्त शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्