Logo
Logo

कांग्रेसले सातै प्रदेशमा प्रदेश स्तरीय भेला गर्ने


0
Shares

काठमाडौँ । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गर्ने भएको छ।

The current image has no alternative text. The file name is: Congress_91767856316.jpg

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भेला गर्न लागेको जनाएको छ। बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले यसबारे जानकारी गराएका हुन्।

कांग्रेसले वैशाख र जेठमा हरेक प्रदेशमा दुई दिने भेला गर्ने तय गरेको छ। जसमा वैशाख २६ र २७ गते सुदूरपश्चिमको धनगढीमा वैशाख २८ र २९ गते कर्णालीको सुर्खेतस्थित लेकवेसीमा, वैशाख ३१ र जेठ १ गते गण्डकीको पोखरामा भेला गर्ने तय भएको छ।

त्यस्तै, जेठ ४ र ५ गते बागमतीको धुलिखेलमा, जेठ ६ र ७ गते मधेस प्रदेशको वर्दिवासमा, जेठ ८ र ९ गते कोसी प्रदेशको सुनसरीस्थित लौकीमा जेठ १४ र १५ गते लुम्बिनीको तिलोत्तमामा भेला गर्ने जनाइएको छ।

यस्तै, बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरेको छ। यसअघि बैठकमा बोल्दै कांग्रेस सभापति गगन थापाले प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्