Logo
Logo

बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फाले


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, ९ मङ्सिर
बर्दिबास नगरपालिका १४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका(५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।


आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएकोले भन्ने खबर ईलाका प्रहरी कार्यालय बर्दिबासमा प्राप्त हुनासाथ खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको छ । उनी विगतमा पनि अपराधमा संलग्न भइ छुटेको व्यक्ति भएको प्रहरी भनाई छ ।
घटना पश्चात अरूणले गौशाला नगरपालिका(५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात निजको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पु¥याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका(१४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ । मुठभेडमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्