
काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले आज अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
माइतीघरमा अनसन बसेकी शोभा भनिने जानुका पाठकमाथि सुरुमा अम्बिकालगायतले आक्रमण गरेका थिए । सो क्रममा दुई समूहबीच भुतालाभुतुल समेत भएको थियो । त्यसपछि शोभाले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
२५ हजार धरौटी माग गरिएकाहरुमा गिता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।












