Logo
Logo

नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन रोक्न सर्वोच्चमा रिट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँं अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष शिवशंकर साहले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधान विपरित हुन लागेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि पनि उनले अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए । अधिवेशनको बिहीबार अर्थात भोली हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्