Logo
Logo

बालिका हत्या प्रकरण : बर्दिबासमा निषेधाज्ञा जारी


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, १० मंसिर । बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर–१४ की शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनमा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । मंगलबार प्रदर्शनका क्रममा घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्