काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै , ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने सङ्घीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।












