काठमाडौं । ओपनर स्मित पटेललको शतकमा अमेरिकी टोलीले जारी अभ्यास खेलमा नेपाल ‘ए’लाई २६३ रनको लक्ष्य दिएको छ ।

शुक्रवार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन जाडेको हो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले शतकीय पारी खेले । उनले नेपाल ‘ए’विरुद्ध १०८ बलमा ११६ रन बनाएका हुन् । उनले सो क्रममा १० चौका र ५ छक्का समेत प्रहार गरे ।
नेपालको लागि पवन सरार्फले २ विकेट लिए । यसअघि नेपाल ‘ए’ले खेलेको पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ७५ रनले पराजित गरेको थियो ।












