Logo
Logo

गृह मन्त्रालयमा तीन करोड अनियमितता ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
गृह मन्त्रालयले सञ्चालन गर्ने हज यात्रामा अनियमितता भएको खुलेको छ । हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै विभिन्न निकायमा उजुरी परेको छ ।

मुस्लिम आयोगमा पुगेका सदस्यहरुले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले गृह मन्त्रालयमै पनि उजुरी दिएका छन् ।
हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र संवैधानिक मुस्लिम आयोगमा अध्यक्ष मियाँले आर्थिक अनियमितता गरेको सम्बन्धमा प्रमाणसहित उजुरी दिएको बताए ।
अध्यक्ष मियाँले हज यात्रामा जाने हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरेको आरोप सदस्यहरुले लगाएका छन ।

हाजीहरु बस्नका लागि भवन व्यवस्थापन, खाना व्यवस्थापन, हवाई यात्रा लगायतमा अनियमितता भएको उनीहरुको भनाई छ ।

हज यात्रामा जानेहरुबाट अध्यक्ष मियाँले प्रति दिन १२ रियाल बढी रकम लिएको आरोप समितिका सदस्य नजीबुल्लाह अन्सारीले लगाए ।

उनले अध्यक्षले विभिन्न विषयदेखि हज यात्राको सन्दर्भमा रकम अनियमितता गरेकाले छानवीन गरी कारवाहीको माग गर्दै उजुरी दिएको बताए ।

हज यात्राका लागि राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १५ करोड रुपैयाँ ब्याज र कमिसनको लोभमा सनराइज बैंकमा सारेको आरोप समेत समितिका सदस्यहरुले लगाएका छन् ।

उनीहरुले अध्यक्ष मियालाई तत्काल हज समितिको अध्यक्षबाट हटाई कारबाही गर्न माग गरेका छन् ।
हरेक वर्ष गृह मन्त्रालयको व्यवस्थापनमा हज यात्रा हुने गर्दछ । जसको टिकट खरिद लगायत काममा ठूलो चलखेल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्