Logo
Logo

दोलखा भिमसेनलाई पसिनाः प्रधानमन्त्री ओलीलाई अनिष्ट ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का भित्र आन्तरिक विावद बढीरहेका र त्यो विवादले पार्टी फुटसम्मको अवस्था आएको बेला दोलखा भिमसेनलाई पसिना आएको घटनालाई जोडेर हेर्न थालिएको छ ।


दोलखाका स्थानीयहरुका अनुसार भिमसेनलाई पसिना आउँदा देशमा कुनै अनिष्ट घटना हुँदै आएको छ । दुई तिहाई बहुमतसहित केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ओलीमाथि ठुलै अनिष्ट निम्तन सक्ने अठ्कलबाजी दोलखालीहरुले समेत गरेका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएन र पार्टी फुट्नेसम्मको अवस्था आयो भने त्यसले प्रधानमन्त्री ओलीलाई सबैभन्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था देखिएको छ ।
भीमेश्वरका भीमसेनलाई १८ औं पटक पसिना आएको हो । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुने धार्मिक जनविश्वास रहँदै आएको छ । यस अघि २०७६ फागुन ८ गते भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास थियो ।
दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा अर्चना गरेका छन् ।
यसअघि २०६२–०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिनाअघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्