Logo
Logo

प्रधानन्यायाधीश सिफारिसमा संविधान मिचियो : गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले संविधानको मर्मविपरीत काम गरेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: Gagan-Thapa-2.jpg

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद् प्रधानमन्त्रीको एकल प्रभाव र दबाब नियन्त्रण गर्न गठन गरिएको व्यवस्था भए पनि त्यसको बेवास्ता गरिएको टिप्पणी गरे ।

उनले संविधानमै संवैधानिक परिषद्मा प्रधानमन्त्रीको “दादागिरी” चल्न नहुने स्पष्ट व्यवस्था गरिएको उल्लेख गर्दै अहिलेको सिफारिस प्रक्रियाले त्यसको पूर्ण अवहेलना गरेको बताए ।

थापाले सरकार प्रमुखले एकल रूपमा निर्णय थोपर्न नपाओस् भन्ने उद्देश्यले परिषद्को व्यवस्था गरिएको भए पनि व्यवहारमा संविधानको भावना विपरीत कदम चालिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्