Logo
Logo

होटलमा युवतीसँग डिएसपी भेटिएपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरीमाथि पदीय मर्यादाविपरीतको गतिविधि गरेको आरोपमा कारबाही अघि बढेको छ ।


नउी कैलालीको बुढीतोलास्थित एक होटलबाट युवतीसँग रंगेहात समातिएका थिए । डिउटीको समयमा माथिल्लो निकायालाई जानकारी नदिई उनी होटलमा गएका थिए । उनलाई इप्रकाको इन्चार्जबाट हटाइएको छ ।
जिल्लाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसारु लामो समय उनी सम्पर्कविहिन भएपछि जिल्ला झिकाएर सोधपुछ गरिएको छ । प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

मंगलबार राति ९ बजेदेखि सम्पर्कविहीन भएका चौधरीको खोजी गर्दै गर्दा बुधबार बिहान बुढीतोलाको एक होटलमा युवतीसँग फेला परेका थिए। रातको समयमा दुर्घटना भएपछि उनको खोजी भएको थियो ।

मंगलबार राति ९ बजेर ५५ मिनेटमा पूर्व(पश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकास्थित चौमालामा ना३ख ५९४२ नम्बरको ट्रकले सु.प.प्र ०१०० प ९७६ को मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरी र मोटरसाइलकमा सवार २४ वर्षीय प्रेम चौधरी दुर्घटनामा गम्भीर घाइते भए।
दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट इलाका प्रहरी कार्यालय मालाखेतीका इञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक भरत चौधरीको खोजी सुरु भयो। उनी सम्पर्कमा आएनन्। गम्भीर घाइते भएका अर्जुनको उपचारका क्रममा मृत्यु भयो र पनि प्रहरी नायव उपरीक्षक चौधरी सम्पर्कमा आएनन्। इलाका प्रहरी कार्यालयका इञ्चार्ज नै सम्पर्कविहिन भएपछि रातारात कैलाली प्रहरीमा हल्लाखल्ला भयो। त्यसपछि छानबिन गर्दा उनी होटलमा युवती लिएर गएको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्