Logo
Logo

काँग्रेसले रुखमा भोट नहाल्ने क्रियाशील सदस्यहरूलाई जिम्मेवारीमुक्त गर्ने 


567
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले क्रियाशील सदस्यहरूले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै थापाले क्रियाशील सदस्यहरूले रूखबाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताए ।

‘नेपाली काँग्रेसको क्रियाशील सदस्य हुने, काँग्रेसको नेता हुने, पार्टीका तर्फबाट सांसद बन्ने, मन्त्री बन्ने, पार्टीका तर्फबाट स्थानीय तहमा विभिन्न जिम्मेवारी लिने, वा कांग्रेस पार्टीको आधिकारिक सदस्य हुने । तर, यो चुनावमा मलाई उम्मेदवार मन परेन । त्यस कारणले गर्दा मैले अन्तै चिन्हमा भोट हाले भन्न पाइँदैन । त्यसको कुनै तर्क हुँदैन । पाइँदै पाइँदैन । मेरो डिस्नरीमा त्यो छैन ।’

काँग्रेसको मान्छेले चुनावको दिनमा रूख चिन्हबाहेक अर्को चिन्हको बारेमा सोच्न पनि सक्दैन र सोच्न पनि पाउँदैन भन्ने बुझाई राखेर आफू हुर्केको भन्दै उनले अहिले पनि त्यही कुरा बुझ्ने गरेको बताए ।

थापाले पार्टीको जिम्मेवारीमा बसेर २१ फागुनको निर्वाचनमा उम्मेदवारलाई असहयोग गरेको नेताहरूलाई केही समयका लागि जिम्मेवारीमुक्त गरिने पनि बताए । ‘हामी सबै जना प्रस्ट बनौँ । जसले यो निर्वाचनमा पार्टीको जिम्मेवारीमा बसेर पार्टीका उम्मेदवार असहयोग गर्नुभयो, उहाँहरूलाई पार्टीको जिम्मेवारीबाट केही समय बाहिर राख्नै पर्छ,’ सभापति थापाले भने, ‘राखिन्छ । यसमा कहाँ, को, के, यसमा इफ बट केही पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्