Logo
Logo

धनुषामा ओभरटेक गर्दा बस पल्टियो, १७ यात्रु घाइते  


252
Shares

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटनामा परेको छ ।  दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

The current image has no alternative text. The file name is: accident.jpg

प्रहरीका अनुसार, आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर बस सडकमै पल्टिए हो ।  दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ ।  बसमा ३३ यात्रु सवार रहेका छन् । अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्