Logo
Logo

गोठाटारस्थित नागेश्वर महादेव मन्दिरको भेटीबाकस चोरी


0
Shares

file photo

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिए ।

आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएको जानकारी प्राप्त भएको उनले बताए ।

बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब आठदेखि १० लाख रहेको जनाइएको छ । त्यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो ।

पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्