Logo
Logo

नेकपा सुदूरपश्चिम प्रदेशको इन्चार्ज-सहइञ्चार्ज फेरिए


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इन्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

यसअघि इन्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ । जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए ।

यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ । अब सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी खगराज भट्टले सम्हाल्ने भएका छन् । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तर पार्टी निर्देशन (अपानी) मार्फत उक्त जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्