काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले टिकट मूल्य घटाएको छ ।

क्यानले शृङ्खलाका लागि दुई सय र एक सय रुपैयाँ मूल्य तोकेको छ । क्यानले नेपालको खेलका लागि दुई सय र अन्य खेलका लागि एक सय रुपैयाँ मूल्य ताकेको छ ।
यसअघि ओमान र यूएईसँगको शृङ्खलामा महँगो टिकट मूल्यकै कारण दर्शक खेल हेर्न नआएपछि क्यानले मूल्य घटाएको थियो । यो पटक क्यानले सुरुवातबाट नै टिकट मूल्य कम गरेको छ ।
नेपालले मङ्गलवारदेखि घरेलु मैदानमा त्रिकोणात्मक शृङ्खला खेल्दै छ । पहिलो खेलमा मङ्गलवार नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले दोस्रो खेल शनिवार अमेरिकासँग खेल्नेछ । आगामी सोमबार स्कटल्यान्ड र शुक्रवार अमेरिकाविरुद्ध खेल्ने तालिका छ ।












