काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)लाई स्पष्टीकरणसहित आवश्यक कारबाही गर्न खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै कारबाही गर्नका लागि निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाबाट २०८१/८/१६ र २०८१/११/२१ मा प्राप्त पत्र बमोजिमका उजुरीहरू निरूपण गरी कारबाही किनारा गर्नुपर्ने सो हुन नसकी फाइल अनिर्णीत रहेको देखिएको जनाएको छ ।
यस सम्बन्धमा क्यानलाई राखेपले आयोगको पत्र बमोजिम जवाफ र आवश्यक कागजात समेत प्राप्त नभए सोही ऐन दफा २९ बमोजिम किन कारबाही नगर्ने भनी राखेप मार्फत अन्तिम पटक चेतावनीसहितको सर्त पालना गर्न निर्देशसहितको जवाफ माग गरी आवश्यक कारबाही अगाडि बढाउने भनेर यस मन्त्रालय २०८१/१/१४ निर्णय अनुसार आवश्यक कार्यार्थ पठाएको अनुरोध रहेको मन्त्रालय जनाएको छ ।
क्यानले भने आफू सरकारको नियम पालना गर्ने जनाएको छ । यतिबेला क्यानका पदाधिकारीहरू क्यानको वार्षिक साधारण सभाका लागि विराटनगरमा छन् ।












