Logo
Logo

कोरानाबाट पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर । बुधबार नेपालमा थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या भने १३ सय ८९ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । अहिले देशभर होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना रहेका छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् । आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४८५ पुरुष र ३५० महिला गरेर ८३५ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुर, कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्