Logo
Logo

पूर्वाग्रही कदमले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउँछ : शङ्कर पोखरेल


0
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रतिशोध र पूर्वाग्रही कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहेको टिप्पणी गरेका छन् ।

The current image has no alternative text. The file name is: sanker.gif

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएको र राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढङ्गले त्यसलाई खण्डित गरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने बताएका छन् ।

उनले यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्‍याउने खतरा रहेको र विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्