Logo
Logo

विश्वबिख्यात फुटबलर म्यारोडोना रहेनन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
विश्वबिख्यात फुटबल खेलाडी डियागो म्यारोडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ । अर्जेन्टिनास्थित आफ्नै घरमा हृदयघातबाट उनको मृत्यु भएको हो ।


सन् १९८६ को विश्वकप विजेता टोलीका सदस्य म्यारोडोनाले ४ पटक विश्वकप खेले । सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा इंल्याण्डविरुद्ध गरेको विवादास्पद गोलका कारण पनि उनी चर्चामा रहे । ह्यान्डबल भएपछि रेफ्रिले नदेखेका कारण गोलको मान्यता दिएका थिए । त्यसलाई म्यारोडोनाले ‘भगवानको हात’ भनेर टिप्पणी गरेका थिए ।

प्रतिभावान खेलाडी भएपनि म्यारोडाेना कुलतको समस्या थियो । उनी लागूऔषध र मदिराको लतमा परेका थिए । सोही कारण उनको स्वास्थ्य बिग्रिएको थियो । केही हप्ताअघि मात्र उनको सर्जरी गरिएको थियो ।
अन्र्जेन्टिनाका लागि ९१ खेल खेलेका उनले ३४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्