काठमाडौं । नेपाल ‘ए’ ले अभ्यास खेलमा अमेरिकालाई २६५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ४९.५ ओभर अल आउट हुँदै २६४ रन बनाएको हो ।
नेपालका लागि सन्दीप जोराले शतकीय पारि खेलेका थिए । सन्दीपले ११५ बलमा १११ रन बनाएका थिए । त्यस्तै बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० रनको योगदान दिएका थिए ।
त्यस्तै अमेरिकाका बलर सौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंहले २ विकेट लिएका थिए ।












