काठमाडौं । अहिले प्रभु बैंकभित्र एउटा चेस गेम चलिरहेको छ, जहाँ कर्मचारीहरू केवल गोटी बनाइएका छन् भने खेलाडीहरू पर्दापछाडि अदृश्य छन् । अशोक शेरचनको बहिर्गमनदेखि सीआईबीको प्रवेशसम्मका घटनाक्रमले पनि त्यो पुष्टि गर्छ ।
कुनै समय मर्जरमार्फत साम्राज्य फैलाएको प्रभु बैंक आज आफ्नै खराब कर्जा र आन्तरिक कलहको भुमरीमा छ । आखिर खराब कर्जालाई अस्त्र बनाएर मर्जरको नयाँ प्रपञ्च कसले रच्दैछ ? के यो बैंकको स्वाभाविक गिरावट हो वा कसैको सुनियोजित षड्यन्त्र ? आजको अंकमा हामी प्रभु बैंक हत्याउने ‘षड्यन्त्र’मा केन्द्रित रहेर चर्चा गर्नेछौँ ।
यसका साथै, विद्युतीय गाडीमा नीतिगत अस्थिरताले व्यवसायीमा नित्याएको त्रास, सम्पत्ति छानबिन आयोगको कसीमा बैंकका हस्तीहरू, सिटी होटलको सेयर गैरकानूनी रुपमा किनबेच, बालेन सवार गाडीमाथि अख्तियारको चासो र स्मार्ट टेलिकम खरिद विवादबारे पनि संक्षिप्त विश्लेषण गर्नेछौँ ।














