काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दै छन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदै छ ।

जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २ रनले पराजित गरेर सुखद सुरुवात गरेको छ । त्यस्तै अमेरिकाले सिरिजमा पहिलो खेल खेल्दै छ ।
एकदिवसीय खेलमा अमेरिका र स्कटल्याण्ड अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ५ र अमेरिकाले ३ खेल जितेका छन् । पछिल्लो पटक दुवै २०२४ को अक्टोबरमा खेलेका थिए, जुन खेल स्कटल्याण्डले ७१ रनले जितेको थियो ।
जारी विश्वकप डिभिजन लिग९ २ मा हाल अमेरिका २४ खेलमा ३६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ भने स्कटल्याण्ड पनि २९ खेलमा ३६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।
यस सिरिज अन्तर्गत अर्को खेल मे १६ मा नेपाल र अमेरिका, मे १८ मा नेपाल र स्कटल्याण्ड, मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।














