काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश गरिएको छ ।

बुधवार बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल सुरु भएको छ । राष्ट्रिय सभाका १९ जना सांसदहरूले नीति तथा कार्यक्रममा ८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।














