Logo
Logo

सिन्धुलीको जुनार अब काठमाडौंका घरघरमै


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौँ ल्याएको हो ।

हिलटपको केन्द्रीय कार्यालयमा रहेको सहकारी पसलबाट जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नुपर्ने घिमिरेले बताए ।

न्यूनतम १० किलो अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी रु १०० मा जुनार घरघरमा पुर्याउने छ । सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्