Logo
Logo

आइपिएलमा पञ्जावको लगातार पाँचौँ हार, मुम्बई ६ विकेटले विजयी


252
Shares

काठमाडौ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: ipl-1.jpg

पञ्जावले दिएको २०१ रनको लक्ष्य पछाएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईको जितमा तिलक बर्माले सर्वाधिक ७५ रन बनाए भने रयान रिकेलटनले ४८ रन बनाएका थिए । त्यस्तै रोहित शर्मा र विल ज्याकले २५/२५ रन बनाए भने शेरफान रुथरफोर्डले २० रन बनाएका थिए ।

त्यसैगरी पञ्जावका बलर अज्मतुल्लाह ओमरजाईले २ विकेट लिए भने मार्को जानसेन र युजवेंद्र चहलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन बनाए भने ओज्मतुलाह ओमारजाईले ३८। प्रियांस आर्याले २२ र कूपर क्नोलीले २१ रन बनाएका थिए ।

यो यस सिजनमा मुम्बईको चौथो जित हो । १२ खेलमा ८ अङ्क हासिल गरेको मुम्बई हाल नवौँ स्थानमा छ । त्यस्तै पञ्जाको भने यस सिजनमा लगातार यो पाँचौँ हार हो । १२ खेलमा १३ अंकसहित पञ्जा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्