Logo
Logo

जेठ महिनाका लागि यस्तो छ बैंकहरूको ब्याजदर


693
Shares

काठमाडौं । वाणिज्य बैकहरूले चालू आर्थिक वर्षको जेठ महिनाका लागि व्यक्तिगततर्फ निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।  उनीहरुले जेठ महिनाको लागि औसत चार दशमलव ३४ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।  

The current image has no alternative text. The file name is: bank.jpg

जेठ महिनाको लागि १२ बैङ्कले ब्याजदर स्थिर र बाँकीमध्येले केही तलमाथि गरेका छन् । यसअनुसार सिद्धार्थ र एभरेष्ट बैङ्कले जेठ महिनाको लागि पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। 

सोअनुसार यी दुवै बैङ्कले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चार दशमलव शून्य पाँच प्रतिशत तोकेका छन्। कुमारी, स्टान्डर्ड चार्टर्ड र सिटिजन्स बैङ्क इन्टरनेसनलले भने जेठ महिनाको लागि क्रमशः तीन दशमलव नौ, चार र चार दशमलव एक प्रतिशत ब्याजदर कायम गरेका छन् । अघिल्लो महिनाको यी बैङ्कको यस्तो ब्याजदर क्रमशः चार दशमलव शून्य पाँच, चार दशमलव एक र चार दशमलव १५ प्रतिशत थियो। 

त्यस्तै, प्राइम र कृषि विकास बैङ्कले भने जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै चार दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् । यस अवधिमा नेपाल एसबिआई बैङ्कले पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै जेठ महिनाको लागि चार दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ । 

जेठ महिनाको लागि हिमालयन बैङ्क र नेपाल बैङ्कले पनि चार दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् । त्यसैगरी ग्लोबल आईएमई, माछापुच्छे«, लक्ष्मी सनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट बैङ्कले भने जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै चार दशमलव पाँच प्रतिशत ब्याजदर कायम गरेका छन् । 

यस अवधिमा प्रभु बैङ्कले पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै जेठ महिनाको लागि चार दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरेको छ । नबिल र एनआईसी एसिया बैङ्कले पनि जेठ महिनाको लागि चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । अघिल्लो महिनामा यी बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर क्रमशः चार दशमलव ५५ र चार दशमलव ७५ प्रतिशत रहेको थियो । 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैङ्क र एनएमबी बैङ्कले पनि जेठ महिनाको लागि क्रमशः चार दशमलव ७५ र चार दशमलव आठ प्रतिशत ब्याजदर कायम गरेका छन् । अघिल्लो महिनामा यी दुई बैङ्कको यस्तो ब्याजदर क्रमशः चार दशमलव ७५ र चार दशमलव नौ प्रतिशत रहेको थियो ।

कुनको कति? 

क्र.सं.बैंकजेठ  (ब्याजदर)वैशाख (ब्याजदर)
सिद्धार्थ बैंक४.०५४.०५
एभरेष्ट बैंक४.०५४.०५
कुमारी३.९४.०५
स्टान्डर्ड चार्टर्ड बैंक४.१
सिटिजन्स बैंक इन्टरनेशनल४.१४.१५
प्राइम कमर्सियल बैंक ४.१५४.१५
कृषि विकास बैंक ४.१५४.१५
नेपाल एसबिआई बैंक४.२५४.२५
हिमालयन बैंक ४.२५४.५
१०नेपाल बैंक४.२५४.५
११ग्लोबल आईएमई बैंक४.५४.५
१२माछापुच्छ्रे४.५४.५
१३लक्ष्मी सनराइज बैंक४.५४.५
१४सानिमा बैंक४.५४.५
१५नेपाल इन्भेष्टमेन्ट मेगा बैंक४.५४.५
१६प्रभु बैंक४.५५४.५५
१७नबिल बैैंक ४.५४.५५
१८एनआईसी एसिया बैंक४.५४.७५
१९राष्ट्रिय वाणिज्य बैंक    ४.७५४.७५
२०एनएमबी बैंक४.८४.९

प्रतिक्रिया दिनुहोस्