Logo
Logo

अमेरिकाविरुद्ध कुशल भुर्तेलले बताए शतक


126
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् ।

The current image has no alternative text. The file name is: kk.jpg

कुशलले १०४ बलमा शतक पूरा गरेका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरेका छन् । ओडिआईमा उनको यो दोस्रो शतक हो । कुशलले सन् २०२३ मा नामिबियाविरुद्ध घरेलु मैदानमा शतक बनाएका थिए ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल ३२ ओभर ३ बलको खेल सकिँदा एक विकेट गुमाएर १६७ रन बनाएर खेलिरहेको छ । ओपनर आसिफ शेख ७२ बलमा ५९ रन बनाएर आउट भए ।

प्रतिक्रिया दिनुहोस्