Logo
Logo

रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दै छ ।  रास्वपाले गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो ।

करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ । तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुनेछ ।

दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ ३ अघि तदर्थ समिति बन्ने वडाहरूको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ ।

पालिका अधिवेशन पनि दुई चरण गर्ने मिति तोकिएको छ । जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ ।

कुनै पालिकाको वडाहरू मध्ये ३० प्रतिशत र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने रास्वपाले जनाएको छ ।

रास्वापाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका रहेको छ । 

प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ । पार्टी गठन भएको ठीक चार वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्