Logo
Logo

मदन-आश्रितको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुग्यो : नेपाल


189
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

The current image has no alternative text. The file name is: madhab.gif

एक विज्ञप्ति जारी गर्दै नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रमुख व्यक्तित्वको रहस्यमय निधनले देशलाई अपूरणीय क्षति पुर्‍याएको बताएका छन् । 

जननेता मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनको नवीन विचारक र सिद्धान्तकारका रूपमा चित्रण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उनले उल्लेख गरेका छन् । विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला भण्डारीले प्रतिपादन गरेको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र बलियो बनाएको उनको भनाइ छ । यस्तै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र सङ्गठन निर्माणमा खेलेको भूमिकालाई पनि उनले विशेष स्मरण गरेका छन्।

नेपालले वर्तमान राजनीतिक चुनौतीबारे चर्चा गर्दै दक्षिणपन्थी अवसरवाद, अहङ्कारवाद र विसर्जनवाद विरुद्धको सङ्घर्ष निरन्तर जारी रहने बताएका छन् । उनले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै कार्यकर्ताहरूलाई सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्