Logo
Logo

प्रदेश सरकार परिवर्तनको खेलमा छैनौँ : प्रचण्ड


378
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा सत्ता परिवर्तनको कुनै खेलमा नरहेको स्पष्ट गरेका छन् । 

The current image has no alternative text. The file name is: prachand-1.jpg

आइतबार सुर्खेतमा पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र एमालेबाट आएका सहकार्यका प्रस्ताव अस्वीकार गरेको बताए ।“प्रमुख दलहरूबाट मिलेर सरकार बनाउने प्रस्ताव आए पनि मैले इन्कार गरेको छु,” उनले भने, “यो प्रस्तावले जनतामा भ्रम छर्न सक्छ । हामी एमाले वा कांग्रेसलाई बाहिर पठाएर सरकारमा जाँदैनौँ । यदि नयाँपन चाहिन्छ भने सबै दलको समावेशी सरकार बनाउन सकिन्छ । होइन भने कांग्रेस-एमाले मिलेर सरकार चलाउनुस्, हामीलाई आवश्यक छैन ।”

सुर्खेतमा कांग्रेस–देउवा समूहको भेलामा आएका नेता पूर्णबहादुर खड्कासँगको भेट सामान्य भएको उनले बताए । उनले वर्तमान सरकारले लोकतन्त्रको उपहास गरेको आरोप लगाए । संसद् बोलाएर भोलिपल्ट रोक्ने र अध्यादेश ल्याउने कामलाई उनले ‘लोकतन्त्रको ठूलो उपहास’ भने ।

प्रचण्डले दुईतिहाईको सरकारले अध्यादेशबाट चल्नु लाजमर्दो भएको बताए । सुकुम्वासी, ट्रेड युनियन र संविधान संशोधन जस्ता मुद्दाहरू अलपत्र परेको भन्दै सरकारका गतिविधिको विरोध गर्दै सडक र सदन दुवैतिर प्रतिवाद गर्ने बताए । प्रचण्डले राष्ट्रियता, लोकतन्त्र र संसदीय व्यवस्था रक्षाका लागि आफ्नो पार्टी बलियोसँग उभिने बताए ।

प्रतिक्रिया दिनुहोस्